दफा १४
नाम दर्ताको लागि दरखास्त दिनु पर्ने
(१) परिषद्को लगतमा नाम दर्ता गराउन चाहने खेलकूद सम्बन्धी संस्थाले देहायका कुराहरु खुलाई परिषद्मा नाम दर्ताको लागि दरखास्त दिनु पर्नेछः–
(क) संस्थानको नाम र ठेगाना,
(ख) संचालन गरिने खेलकूदको किसिम,
(ग) कार्यकारिणी समितिका सदस्यहरुको नाम, ठेगाना र पेशा ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिंदा खेलकूद सम्बन्धी संस्थाले आफ्नो विधानको एकप्रति प्रतिलिपि समेत दरखास्त साथ संलग्न गरेको हुनु पर्नेछ ।